logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • सहकारी ठगी प्रकरण

    ६५ लाख धरौटी बुझाए पनि छुट्ने छैनन् रवि, स्वर्णलक्ष्मी सहकारी मुद्धामा काठमाडौं ल्याइँदै

    ६५ लाख धरौटी बुझाए पनि छुट्ने छैनन् रवि, स्वर्णलक्ष्मी सहकारी मुद्धामा काठमाडौं ल्याइँदै

    3.1K
    Shares
    ६५ लाख धरौटी बुझाए पनि छुट्ने छैनन् रवि, स्वर्णलक्ष्मी सहकारी मुद्धामा काठमाडौं ल्याइँदै

    काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
    धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने छैनन् । रवि बिहीबार कास्की अदालतको आदेशले छुटे पनि फेरी पक्राउ पर्ने छन् ।

    किनभने रविविरुद्ध विभिन्न चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । पोखराको स्वर्ण लक्ष्मी सहकारी संस्थासहित रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी, चितवनको सहारा बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था र बीरगञ्जको सानोपाइला सहकारी संस्थाको बचत रुकम ठगी प्रकरणको अनुसन्धानमा पनि सम्बन्धित जिल्लाका जिल्ला अदालतले रवि विरुद्ध प्रहरीलाई पक्राउ पुर्जी दिएकाले उनी कास्कीबाट छुटे पनि अदालतको हिरासतमा बस्नु पर्ने भएको हो ।

    काठमाडौंको स्वर्णलक्ष्मी ठगी प्रकरणको मुद्दा अदालत पुगिसकेको छ । जहाँ अब रविलाई थुनछेककै लागि अदालतमा पेस गर्नुपर्ने छ । अन्य ठाउँमा प्रहरी अनुसन्धान नै गरिरहेको छ । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको बचत अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धिकरण मुद्धामा २७ करोड रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend