logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • व्यवसायी धम्क्याएको आरोप लागेका दुर्गा प्रसाईं र उनका सहयोगी फुयाँल ३ लाख धरौटीमा रिहा

    व्यवसायी धम्क्याएको आरोप लागेका दुर्गा प्रसाईं र उनका सहयोगी फुयाँल ३ लाख धरौटीमा रिहा

    889
    Shares
    व्यवसायी धम्क्याएको आरोप लागेका दुर्गा प्रसाईं र उनका सहयोगी फुयाँल ३ लाख धरौटीमा रिहा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

    बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँल पनि ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    यही पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।
    नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोप लागेपछि प्रसाइैं र अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

    प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो ।

    भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।

    उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend