logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हालसम्मकै ठूलो आईपीओ भोलि माघ २ देखि खुल्ने 

    हालसम्मकै ठूलो आईपीओ भोलि माघ २ देखि खुल्ने 

    9K
    Shares

    काठमाडौं । देशकै सबैभन्दा ठूलो  पुँजि भएको नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्बको आईपिओ भोलि माघ २ गतेदेखि खुल्ने भएको छ । बैंकले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

    कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्न लागेको हो  ।

    आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । आईपिओ छिटोमा माघ ६ गते बन्द हुने जनाएको छ।  

    प्रतिकित्ता १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बताएको छ। यो हालसम्मकै ठुलो आइपीओ भएकाले एक जनालाई ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend