logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • संसद विघटन विरुद्दको प्रदर्शनमा सक्रिय सहभागी हुन सभापति देउवाको अपिल 

    संसद विघटन विरुद्दको प्रदर्शनमा सक्रिय सहभागी हुन सभापति देउवाको अपिल 

    1.6K
    Shares

    काठमाडौं माघ २ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभरीका सबै स्थानीय तहहरुमा प्रदर्शन गर्ने भएको छ । 
    कार्यक्रममा सक्रिय सहभागीता जनाउन सभापति देउवाले अपिल गरेका छन् । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको २०७७ पुस १९ गते बसेको बैठकको निर्णयअनुसार माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गर्न  लागेको हो  ।

    साभापति देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै  माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा  सक्रिय सहभागी हुन आह्वान गरेका छन् । 

    कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्द देशैभर प्रर्दशन गर्दै आएको छ । यस अघि पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend