logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

    समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

    140
    Shares
    समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिए ।

    पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे ।

    नेता खनालले एकीकरणका योद्धाहरुले आनुधिक नेपाल निर्माणमा पुर्याएको योगदानका स्मरण समेत गरे । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरुलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरुप नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend