logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी 

    नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी 

    2.3K
    Shares

    काठमाडाैं । नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी हुने गरेको पाइएको छ । भारतीय मिडियाहरुका अनुसार पटना–सिवान–मोतीहारी हुँदै नेपाल आउने पाइपलाइन फुटाएर डिजेल चोरी भएको खुलेको हो ।

    नवभारत टाइम्सका अनुसार सिवानस्थित डुमरा गाउँमा यस्तो चोरी भएको इन्डियन आयल कर्पोरेसन (आईओसीएल)ले फेला पारेको हो ।

    सिवान भारतको बिहार राज्यमा पर्छ । पाइपलाइनबाट डिजेल चोरिएको यो पहिलो घटना हो। यसविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिइसकेको समाचारमा उल्लेख छ ।

    अन्तर्देशीय पाइपलाइन फोरेर डिजेल चोरी भएको बताइएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन डेढ वर्षअघि सञ्चालनमा आएको थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend