कोलम्बो, सिन्ह्वा । श्रीलङ्काले सन् २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको श्रीलङ्काको केन्द्रीय बैङ्क (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यो सन् २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब दुई अर्ब सात करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।
सिबीएसएल तथ्याङ्कले सन् २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ ।
श्रीलङ्का सरकारले सन् २०२५ मा ३० लाख पर्यटक भित्र्याएर पाँच अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।