logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • मोरङका सहकारीमा १९ अरब ८२ करोड बचत

    मोरङका सहकारीमा १९ अरब ८२ करोड बचत

    217
    Shares
    मोरङका सहकारीमा १९ अरब ८२ करोड बचत

    विराटनर । मोरङ जिल्लामा सञ्चालनमा रहेका सहकारीमा १९ अरब ८२ करोड निक्षेप (बचत) रहेको छ । जिल्ला सहकारी संघको ३२ औं बार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनका अनुसार मोरङमा १ हजार ४० वटा सहकारी संघ संस्था रहेका छन् ।

    जसमा प्रदेश नियमन क्षेत्राधिकार भित्र २७७ वटा सहकारी छन् भने स्थानीय तहको नियमन क्षेत्राधिकारमा ७७३ वटा सहकारी संस्थाहरु रहेका छन् ।

    सबैभन्दा बढी विराटनगर महानगर पालिकाको नियमन क्षेत्राधिकारमा १९१ वटा सहकारी रहेका छन् भने सबैभन्दा कम ग्रामथान गाउँपालिकामा १० वटा सहकारी संस्था रहेका छन् ।

    जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखेलद्धारा प्रस्तुत प्रृतिवेदनका अनुसार मोरङमा बचत तथा ऋण, बहुउदेश्यीय, कृषि, दुग्ध, उपभोक्ता, तरकारी तथा फलफूल, मौरी पालन, चिया लगायतका २४ प्रकृतिका सहकारी संघ–संस्थाहरु रहेका छन् ।

    जिल्लामा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघका रुपमा बचत तथा ऋण सहकारी संघ, उपभोक्ता सहकारी संघ, बहुउदेश्यीय सहकारी संघ, तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, जडिबुटी उत्पादक सहकारी संघ गरी ७ वटा विषयगत संघहरु रहेका छन् ।

    जिल्लाका सबै प्रकृति र नियमन क्षेत्रका सहकारी संघ–संस्थाको शेयर पूँजी ५ अरब ९३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका सबै सहकारी संघ–संस्थामा ४ लाख ७० हजार ८ सय ४३ जना मानसहरु शेयर सदस्य रहेका छन् । जसमा ५३ प्रतिशत महिलाको सहभागिता रहेको छ । मोरङको कुल जनसंख्याको ४१ प्रतिशत मानिस सहकारीमा आवद्ध भएका छन् ।

    मोरङ जिल्लाका १०७ वटा सहकारी संघ/संस्थाको आफ्नै भवन रहेको छ । उनीहरुले आफ्ना सदस्यहरुलाई आफ्नै भवनबाट सेवा दिईरहेका छन् भने केही सहकारी भवन निर्माणको प्रकृयामा छन् ।

    सहकारी संघ–संस्थाले जिल्लाभर ३ हजार २ सय २६ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । जिल्लाका सहकारी संघ–संस्थामा २९ अरब ४८ करोड २२ लाख बराबरको सम्पति दायित्व रहेको छ ।

    कोशी प्रदेशमा सहकारी क्षेत्रमा सबैभन्दा बढी महिला सहभागिता भएको जिल्ला मोरङ हो भने सबैभन्दा बढी सहकारी संस्था भएको जिल्ला पनि मोरङ हो ।

    जिल्ला सहकारी संघको शेयर पूँजी ४० लाख

    जिल्ला सहकारी संघ मोरङको शेयर पूँजी आर्थिक बर्ष २०८०/०८१ सम्ममा ४० लाख ७२ हजार ४ सय रुपैया रहेको छ । संघले ४२ लाख २८ हजार ५९८ रुपैया ३२ पैसा आम्दानी गरेकोमा ३७ लाख ६६ हजार ६८३ रुपैया ०७ पैसा खर्च गरेर ३ लाख ६९ हजार ५३२ रुपैया २० पैसा नाफा कमाएको छ ।

    संघको बचत २ करोड ६ लाख २८ हजार ४५ रुपैया ०१ पैसा रहेको छ । संघले १ करोड ३५ लाख ६१ हजार ३०८ रुपैया ०५ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend