logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • ब्युटिपार्लरमा भविष्य देखाइरहेकी सायदाले २ हजार बढीलाई बनाइन् स्वरोजगार

    ब्युटिपार्लरमा भविष्य देखाइरहेकी सायदाले २ हजार बढीलाई बनाइन् स्वरोजगार

    840
    Shares
    ब्युटिपार्लरमा भविष्य देखाइरहेकी  सायदाले २ हजार बढीलाई बनाइन् स्वरोजगार

    विराटनगर । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सुनसरी बर्जुकी सायदा तवस्सुम सानैदेखि केही गर्नुपर्छ भन्ने सोच बुन्थिन् । अरुले काम गरेको नियालेर हेर्थिन अनि कसरी गर्ने होला ? कसरी गर्न सकिन्छ ? भनेर सोच्थिन् ।

    उनी पाँच कक्षामा पढ्दै गर्दा एक दिनको कुरा हो सायदालाई छिमेकी दिदीले भनिन् ‘आज मेरो एक ठाउँमा जानुछ तिमी साथी हिँडन’ । छिमेकी दिदीले पार्लरमा मेकअप सिक्नेक्रममा साथी लिएर जान लागेको कुरा तवस्सुवले थाहा पाइन् ।

    ‘पहाडीया दिदीले साथी हिँड भनेपछि म त खुसी भएर गएँ’, उनले हाँस्दै सुनौलो नेपालसँग भनिन्, ‘दिदीले त्यहाँ गएर सिक्नुहुन्थो म हेरिरहन्थे । लामो समय सिक्नुभयो । दिदीले सिकेको हेर्दा हेर्दै मैले धेरै जाने । सिकाउने दिदीले पनि सिक्नेले भन्दा हेर्नेले धेरै जानिसकिन् उनको पैसा पनि अब तपाईले तिर्नुपर्ने भो भनेर दिदीलाई जिस्काउनुभयो ।’

    छिमेकी दिदीको साथी बनेर पार्लर गएकी सायदाले धेरै कुरा थाहा पाइसकेकी थिइन् । गाउँमा सबैलाई श्रृङ्गार गर्दिन थालिन् । साथी जाँदा सिकेको सीपको उनले भरपुर उपयोग गरिन् । साथीहरु पनि खुसी हुन्थे । ब्युटीपार्लर खोल्ने भनेपछि त्यतिबेला राम्रो सोचिदैन्थ्यो । झन् मुस्लिम समुदायका महिलालाई गाह्रो थियो । तर, उनले भने मनमनै सपना बुनिसकेकी थिइन् ।

    २०५० सालमा एसएलसी दिएपछि तवस्सुव सपनाको सहर काठमाडौं आइन् । अध्ययनलाई अघि बढाइन् । २०५८ सालदेखि काठमाडौंमा नै ब्युटीपार्लर सञ्चालन गर्न थालिन् । अहिले उनले ब्युटीपार्लर सञ्चालन गरेको २३ वर्ष भैसकेको छ ।

    २३ वर्षको दौरानमा उनले निकै आरोहअवरोह पार गर्दै सुख दुःखका पलहरु संगालेकी छिन् । उनले आफ्नो सीपलाई आफूमा मात्र सिमित राखिनन्, हजारौंलाई सीप सिकाएर स्वरोजगार बनाएकी छिन् । ब्युटिपार्लर सञ्चालन गरेपछि उनले २०६८ सालदेखि रेगुलर वेशमा तालिम पनि दिन थालिन् । आफ्नौ पार्लरबाट अरुलाई पनि तालिम दिन थालेकी सायदाले अन्य कम्पनीहरुमा पनि ट्रेनरको रुपमा जान थालिन् ।

    उनले न्यु आईटीसी ट्रेनिङ सेन्टरमा पनि तालिम दिन्थिन् । यसैबीचमा उनले सिटीइभिटीबाट लेभल टु ट्रेनिङ कोर्ष पास गरिन् । झन उनको यात्रा व्यवसायिक बन्यो । अनि व्यवसायिक रुपमा पनि ट्रेनिङ दिन सुरु गरिन् ।

    २६ वर्षको काठमाडौं बसाईलाई पूर्णविराम

    २६ वर्ष काठमाडौं बसाईलाई बिट मार्दै उनी २०७२ मा विराटनगर फर्किइन् । जानेको काम र सिकेको सीप नै ब्युटिपार्लर थियो । सायदाले विराटनगरमै व्यवसायीक यात्रा बढाउने सोचले बरगाछीमा ‘सायदा तवस्सुम ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइन् ।

    लामो समय काठमाडौं बसेकी सायदा आफ्नै गाउँ फर्किएर केही गर्नुपर्छ भन्ने लागेर विराटनगर फर्किएको बताउँछिन् । ‘आफ्ना गाउँ ठाउँका दिदीबहिनीलाई स्वरोजगार बनाउनुपर्छ भन्ने लागेर म फर्केको हो’, उनले भनिन्, ‘विराटनगर या आसपासका मान्छेलाई इटहरी तथा अन्य ठाउँमा गएर सिक्नुपर्ने बाध्यता थियो । पैसा हुनेहरु चाहँदा चाहँदै पनि सिक्न नपाउने अवस्था थियो । आफ्नो सीप आफ्नै ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने लागेर पनि म फर्केको हो ।’

    २ हजार बढीलाई सीप

    २०७२ सालमा विराटनगर आउँदा व्युटिसियनको लेभल टुको तालिम दिने तवस्सुम एक्लै थिइन् । अहिले विराटनगरमा २०/२२ जना लेभल टुको ट्रेनिङ दिने छन् । ती सबै सायदाका विद्यार्थी हुन् ।

    उनले विराटनगर आएर मात्र २ हजार भन्दा बढीलाई तालिम दिईसकेकी छन् । उनले सिकाएका मध्य धेरैले ब्युटिपार्लर सञ्चालनसमेत गरिसकेका छन् ।

    आफैले सिकाएका विद्यार्थीले उनले ब्युटिपार्लर उद्घाटनका लागि बोलाउने गरेको उनले सुनाइन् । ‘तालिम लिइसकेपछि धेरै स्वरोजगार बन्नुभएको छ । यसमा आफूलाई निकै खुशी लाग्छ’, उनले भनिन्, ‘बाबुआमालाई आफूले जन्माएको छोराछोरीले सफलता हासिल गर्दा जति गर्व हुन्छ मलाई नी आफ्ना विद्यार्थीले सफलता हासिल गर्दा त्यतिनै गर्व लाग्छ । मैले राम्रो सीप दिन सकेछु भनेर छात्ति फुल्छ ।’

    गत वर्ष आफनै विद्यार्थीले खोलेका ६ वटा ब्युटीपार्लर उद्घाटन गरेकी तवस्सुम यो वर्ष पनि ३ वटा उद्घाटन गरिसकेकी छिन् । अझै केही सञ्चालनको तयारीमा छन् । सिकेको सीप धेरैले सदुपयोग गरेकोमा उनी मख्ख छिन् ।

    अहिले पनि उनको पार्लरमा ९ जनाले सीप सिकिरहेका छन् । उनले सिटीइभिटीको तालिम सञ्चालन गर्नुका साथै सशुल्क, निःशुल्क दुवै किसिमको तालिम सञ्चालन गर्दै आईरहेकी छिन् । आर्थिक अभावमा कसैले पनि सीप सिक्नबाट बञ्चित नहोस् भनेर उनले आर्थिक रुपमा विपन्न दिदीबहिनीहरुलाई निःशुल्क सीप सिकाउने गरेकी छिन् ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघबाट सफल उद्यमी र नेपाल घरेलु तथा साना उद्योग कार्यालयबाट पनि उनले सम्मान पाईसकेकी छिन् । तवस्सुमले विभिन्न व्यवसायिक ट्रेड युनियनमा पनि आवद्ध भएर काम गरिसकेकी छिन् । ट्रेड युनियनमा आवद्ध भएर काम गर्दा सामुहिक काम गर्न सकिने उनको अनुभव छ । उनी महिलाहरु आत्मनिर्भर हुनुपर्छ भन्ने कुरामा जोड दिन छिन् ।

    महिलाहरु आत्मनिर्भर हुँदा घरेलु हिंसा घटछ

    महिलाहरु आत्मनिर्भर हुँदा घरेलु हिंसा घट्ने तवस्सुमको बुझाई छ । ‘महिलाहरुलाई स—सानो कुराहरुको आवश्यकता परिरहेको हुन्छ । त्यो बेला श्रीमानसँग वा परिवारको नै अन्य सदस्यसँग पैसा मागिराख्दा हिंसा बढ्ने गर्छ’, उनले भनिन्, ‘कसरी भन्नुहुन्छ भने आफूलाई आवश्यक परेको सबै चिज अरुलाई भन्न सकिन्न ।

    पैसा दिनेले किन चाहियो ? भन्छ । यस्तो अवस्थामा भनाभन हुन्छ । उस्तै भए झगडा नै हुन बेर लाग्दैन । यसले गर्दा घरेलु हिंसा कढेको मेरो बुझाइछ । महिलाहरु आत्मनिर्भर भएपछि त कसैको भर पर्नु पर्दैन । आफूलाई मन लागेको कुरा आफै किन्न सक्ने भएपछि कोहीसँग हात थापिरहनु पर्दैन् । यसकारण पनि महिलाहरु आत्मनिर्भर हुन जरुरी छ ।’

    ‘म त भन्छु मेरो बुढा टन्न कमाउने छन् । परिवार धनी छ भनेर कुनै महिला बेरोजगार नबसुन । बुढा कमाउने भएर वा परिवार धनी भएर महिलाहरुलाई सुख हुँदैन । जति सुख र आनन्द आफूले मेहनत गरेर कमाउँदा हुन्छ’, उनले भनिन् । घरको कामलाई काम जस्तो नसोच्ने भएका कारण पनि महिलाहरुले आयआर्जनको काम गर्न जरुरी गरेको उनको भनाई छ ।

    सरकारले समान व्यवहार गर्नुपर्छ

    सरकारले ब्युटीपार्लर व्यवसायीलाई पनि अन्य व्यवसाय सरह व्यवहार गर्नुपर्ने उनको भनाई छ । ‘पहुँचको भरमा कार्यक्रमहरु दिने तथा तालिमहरु सञ्चालन गर्न लगाएको देखिन्छ’ उनले भनिन्, ‘को योग्य छ, कम्तिमा तालिम सञ्चालन गर्ने मान्छे आफैँ योग्य हुनुपर्छ । कम्तिमा पनि तालिम सञ्चालन गर्नेको प्रमाणपत्र हेरर मात्र दिनुपर्छ ।’

    ‘धेरै ब्युटीपार्लरहरु दर्ता विनै सञ्चालन भएका छन् । जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । दर्ता गरेर सञ्चालन हुँदा एक रुपता आउँछ । दर्तावालाले करको रकम पनि सेवामा नै गाभेर लिनुपर्छ । विना दर्ताहरु कर तिर्दैनन् र कम रकममा सेवा दिन्छन् । त्यसले गर्दा यो व्यवसायमा एकरुपता छैन् । यसको लागि स्थानीय सरकारले ध्यान दिन जरुरी छ’ उनले भनिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend