logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • श्याम रोक्काद्वारा अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी घोषणा

    श्याम रोक्काद्वारा अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी घोषणा

    525
    Shares
    श्याम रोक्काद्वारा अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले उम्मेदवारी घोषणा गरेका छन् ।

    ‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ मान्यतासहित रोक्काले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

    उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको जानकारी दिए । साथै उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    रोक्काले विभिन्न एजेण्डा प्रस्तुत गर्दै आफ्नो उम्मेदवारीलाई बलियो बनाउन प्रयास गरेका छन् । उनले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, निःशुल्क र समान शिक्षा सुनिश्चित गर्न संघर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेण्डामा समावेश गरेका छन् ।

    रोक्काले विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा जोड दिएका छन् । उनले आफ्नो एजेण्डालाई नियमित रूपमा लिखित सामग्री र भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ ।

    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend