logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    147
    Shares
    यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    चितवन । यहाँको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ । माडी नगरपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ ।

    तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । गढीमा हाल घुम्न र दर्शन गर्न आउने पर्यटक बढेका छन् । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलका अनुसार वसन्तपुरबाट ११ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा हाल ३० मिनेटमा पुग्न सकिन्छ ।

    सडक सञ्जाल विस्तार भएसँगै यस स्थानमा घुम्न, वनभोज खान आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको अध्यक्ष पोखरेलले बताए । माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ ।

    पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल–भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रुपमा विकास हुँदै गएको छ ।

    यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्ने भक्तालुको घुइँचो लाग्छ । सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो ।

    भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढीमा माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकारद्वारा ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend