logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • उपाधि उचाल्नबाट चुक्यो बार्सिलोना, मेस्सीलाई रातो कार्ड

    उपाधि उचाल्नबाट चुक्यो बार्सिलोना, मेस्सीलाई रातो कार्ड

    2.8K
    Shares

     मड्रिड । लियोनल मेसीले बार्सिलोनाको खेल जीवनमा पहिलो रेड कार्ड खाएका छन् ।

    स्पेनिस सुपर कपको फाइनल खेलको अतिरिक्त समयको अन्तिम सेकेन्डमा एथ्लेटीक बिलबाओका खेलाडी एसिएर भिलालिब्रेलाई लडाएपछि मेसीलाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) द्वारा रेड कार्ड दिइएको हो ।

    उनले बार्साबाट आफ्नो करियरको ७५३ औं खेलमा पहिलो रेड कार्ड पाएका हुन् । दुई पटक सम्म अग्रता कायम गरेता पनि उक्त खेल बार्सिलोनाले २–३ ले गुमाएको छ ।  बार्सिलोनाको दुई गोलका विरुद्ध एथ्लेटिक क्लबले तीन गोल गरेपछि बार्सिलोनाले सुपरकोपाको उपाधि गुमाएको हो ।

    Bilbao-Champ-1-1024x682.jpg

    बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । उनले खेलको ४० औं मिनेटमा र ७७ औं मिनेटमा गोल गरे । एथ्लेटिकका लागि ओस्कार डी मार्कोसले ४२ औं मिनेटमा, अइसर विलैब्रेले ९० औं मिनेटमा र अतिरिक्त समयको तेस्रो मिनेटमा इनाकी विलिमयम्सले गोल गरी जित दिलाएका थिए ।

    मेसीले यसअघि अर्जेन्टिनाबाट दुई पटक रेड कार्ड खाइसकेका छन् । सन् २००५ मा हंगेरीविरुद्दको पहिलो अन्तर्राष्ट्रिय खेलमा र सन् २०१९ को कोपा अमेरिकामा चिलीविरुद्दको खेलमा उनलाई रेड कार्ड दिइएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend