सउल । सामसुङका उत्तराधिकारी ली जा योंगलाई दक्षिण कोरियाको उच्च अदालतले दुई वर्ष छ महिनाको जेल सजाय सुनाएको छ।
पूर्वराष्ट्रपति पार्क ज्युन हाय सँग जोडीएको भ्रष्टाचारको मुद्दामा अदालतले याेंगलाई दोषि ठहर गरेको हो । पूर्वराष्ट्रपति हाय भने भ्रष्टाचार र घुसको मुद्दामा जेल परिसकेका छन् ।
सन् २०१४ मा आफ्ना पिता लि कुन हि हृदयघातका कारण अस्पताल भर्ना भएसँगै सामसुङको नेतृत्व योंगले सम्हालेका थिए । यद्यपि नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ ।