logo

२०८१ माघ ३ बिहिबार

logo
  • बिहिबार, ३ माघ २०८१
  • बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : अध्यक्ष प्रचण्ड

    बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : अध्यक्ष प्रचण्ड

    168
    Shares
    बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : अध्यक्ष प्रचण्ड

    मुग्लिन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन्।

    माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आएका उनले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन नहुने जिकिर गरे ।

    उनले भने, ‘तपाईहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईको समुदायको प्रगति हो।’

    बोटे समुदायका अगुवाले आफ्नो समुदायको सांस्कृतिक घर आवश्यक भएकाले त्यो निर्माणमा सघाउन अध्यक्ष दाहालसँग अनुरोध गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend