logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • सरकारलाई मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

    सरकारलाई मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

    231
    Shares
    सरकारलाई मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताएका छन् ।

    शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् । उनले आयोगले सरकारलाई पीडकलाई कारबाही र पीडीतलाई क्षतिपूर्ति दिन गरेका सिफारिसहरु कार्यान्वयन नहुँदा आयोगप्रतिको आस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

    उनले आयोगका सिफारिस कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको भएपनि सन्तोषजनक काम नभइरहेको बताए । उनले चालु आर्थिक वर्षको आरम्भदेखि हालसम्म आयोगमा ३१ वटा उजुरी दर्ता गरिएको बताए ।

    आयोगले यस अवधिमा २६ वटा उजुरीका सम्बन्धमा सरकारलाई सिफारिस गरेको तथा ३४ वटा उजुरीहरु तामेलीमा राख्ने तथा खारेजी गर्ने निर्णय गरेको बताए । उनले आयोगमा अहिले निर्णयको प्रक्रियामा १ हजार १९८ उजुरीहरुको रहेको समेत बताए ।

    गत आर्थिक वर्षमा आयोगले ३६८ वटा उजुरीहरुमाथि अनुसन्धान सम्पन्न गरेको उनले उल्लेख गरे । उनले गत आर्थिक वर्षमा १०१ वटा उजुरीमा कारबाहीको सिफारिस तथा ९० जना पीडितलाई कारबाही सिफारिस गरेको समेत बताए ।

    उनले आयोगले मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरीहरुका सम्बन्धमा सरकारलाई गरेको सिफारिस कार्यान्वयनका लागि पहल गरिदिन समितिसमक्ष अनुरोध गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend