logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • शैक्षिक गुणस्तरमा सुधार ल्याउन मोरङको मिक्लाजुङमा शिक्षक-विद्यार्थी-अभिभावक उत्प्रेरणा अभियान

    शैक्षिक गुणस्तरमा सुधार ल्याउन मोरङको मिक्लाजुङमा शिक्षक-विद्यार्थी-अभिभावक उत्प्रेरणा अभियान

    224
    Shares
    शैक्षिक गुणस्तरमा सुधार ल्याउन मोरङको मिक्लाजुङमा शिक्षक-विद्यार्थी-अभिभावक उत्प्रेरणा अभियान

    काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकाले शिक्षक-विद्यार्थी-अभिभावकको सहभागीतामा ४ दिने उत्प्रेरणा अभियान सम्पन्न गरेको छ ।

    शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यकासाथ आयोजना गरिएको अभियानको पहिलो दिन माघ २ गते मिक्लाजुङका ३८ सामुदायिक विद्यालयबाट उपस्थित ३०० जना शिक्षकलाई उत्प्रेरक डा. तारा जीले समयसापेक्ष विधि तथा प्रविधिहरूको प्रयोगबाट सहज र सफल सिकाइ वातावरण तयार गर्ने सम्बन्धमा सहजीकरण गरेका थिए ।

    अभियानको दोस्रो दिन माघ ३ गते मिक्लाजुङका कक्षा ११-१२ का तथा स्नातक तहका ५४० जना विद्यार्थीलाई स्वयम् विकास तथा व्यवस्थापन र आफ्नो भविष्य, गन्तव्य निर्धारण सम्वन्धमा शौनक भट्टले उत्प्रेरक कक्षा सञ्चालन गरेका थिए ।

    अभियानको तेस्रो दिन माघ ४ गते सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ९-१० मा अध्ययनरत ६५० जना विद्यार्थीलाई जिवन सफल वनाउनका लागि आफ्ना इच्छा चाहानाहरूको व्यवस्थापन र उत्तम विकल्प छनौट गरी जिवनलाई सही दिशामा लैजानका लागि कसरी अघि बढ्ने सम्वन्धमा राष्ट्रिय स्तरका उत्प्रेरक वक्ता तथा प्रेरक व्यक्तित्व सन्दीप क्षेत्रीले सहजीकरण गरेका थिए ।

    अभियानको अन्तिम दिन माघ ५ गते वालवालिकाको मनोभाव बुझेर उसको रुची, क्षमता र चाहाना अनुरूपको व्यक्तिका रुपमा विकास गरी सफल व्यक्ति बनाउनका लागि घर घरको सिकाइ वातावरण सुधार गर्न अभिभावहरूलाई वक्ता सन्दीप क्षेत्रीले उत्प्रेरक कक्षा सञ्चालन गरेका थिए ।

    उत्प्रेरणा अभियान मधुमल्ला बजारमा रहेको सुशिला चलचित्र हलमा सञ्चालन भएको थियो ।

    सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन र सिकाइ स्तर खस्कँदै गएकोमा एक आपसमा दोसारोपण मात्र गर्ने, आफ्नो भूमिका, कर्तव्य, क्षमता र कमजोरीहरू थाहा नपाउने र आफ्नो ठाउँबाट गर्नु पर्ने सुधारका लागि केही नगर्ने नकारात्मक अवस्थालाई चिर्दै शिक्षाका तीन खम्बा शिक्षक, अभिभावक र विद्यार्थीलाई राष्ट्रिय स्तरका उत्प्रेरक सहजकर्ताहरूबाट सञ्चालन गरिएको यस अभियानले मिक्लाजुङका विद्यालयहरूको शिक्षण सिकाइ वातावरण र शैलीमा समयसापेक्ष परिवर्तन आउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

    विद्यार्थीहरूले आफ्नो जिवन आफै वनाउन अठोटका साथ लाग्ने, अभिभावक र वालविलकाले आपसमा भावना बुझी घर घरमा उचित सिकाइ वातावरण तयार हुने र यसबाट समग्र विद्यार्थी सिकाइ उपलब्धीमा सुधार आउने दरिलो सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend