logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : प्रथम राष्ट्रपति यादव

    खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : प्रथम राष्ट्रपति यादव

    133
    Shares
    खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी हो : प्रथम राष्ट्रपति यादव

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन् ।

    सोमबारबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।

    क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

    उनले भने, ‘संसार आज आक्रान्त छ । तपाईंहरुले क्लाइमेट चेन्जको बारेमा थाहा पाउनु नै भएको छ । खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ । पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ । यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रुपमा सहयोग गर्नेछ ।

    क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ । देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास छ । यसको विकासमा राज्यले खेल्ने भुमिका जति सन्तोषजनक छ त्यो भन्दा बढी होस् ।’

    प्रथम राष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताए । उनले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend