काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नेपालका लागि अनुदानमा दिएको कोरोनाविरुद्धको खोपमाथि टिप्पणी गरेका छन् ।
डा. भट्टराईले ट्वीटरमार्फत खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेका हुन्। भारत सरकारले दिएको खोप आज नेपाल ल्याइँदै छ । सो खोप पहिलो चरणमा चार लाख जनतालाई मात्र लगाइने सरकारको तयारी रहेको छ ।
डा. भट्टराईले बाँकी जनताको लागि चाहिने खोप कहिलेसम्म आइपुग्ने र कता हात थाप्ने भन्दै प्रश्न गरेका छन् । त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै कोरोनासँगै ओली भाइरससँग पनि लड्नु पर्ने उल्लेख गरेका छन् ।
‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो!ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ।त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे!बाॅकीलाई कहिलेसम्म होला;कता हात थाप्ने होला?फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ! https://t.co/6KGY91x8Ef
— Baburam Bhattarai (@brb1954) January 21, 2021