काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरीने आदेशमा हस्ताक्षर गरेका छन् ।
जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो ।
किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग २०२० को राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै संयुक्त राज्य अमेरिका दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ ।
सोमबार राति अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
डोनाल्ड ट्रम्पले ४७औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण लिएपछि सो हस्ताक्षर गरेका हुन् ।