logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि डेडिकेटेड गरौँ : महानिर्देशक अधिकारी

    भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि डेडिकेटेड गरौँ : महानिर्देशक अधिकारी

    567
    Shares
    भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि डेडिकेटेड गरौँ : महानिर्देशक अधिकारी

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान शुरु गर्ने बताएका छन् ।

    मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए । अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा—ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताए ।

    विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको बताउँदै उनले स्वेच्छिक राखेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताए ।

    विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिवद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने उनको भनाई छ । उनले भने- ‘यति महंगो ट्रान्सपोर्ट, खाना, होटल छ । भिसा सेन्टर एक ठाउँमा छ, अर्को अर्को ठाउँमा छ । भनौँ न त भैरहवाबाट तिम्रो लागि एयरपोर्ट डेडिकेटेड । ५ सय मिटरभित्र सबै सुविधा हुन्छ । भिसा, ट्रेनिङ, इन्स्यारेन्स, मेडिकल त्यहीँ हुन्छ । भोलिदेखि चल्छ नि भैरहवा ।’

    महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend