गण्डकी । धौलागिरि अस्पताल बागलुङमा प्याथोलोजी सेवा शुभारम्भ भएको छ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले माघ १ गते धौलागिरि अस्पतालमा प्याथोलोजी सेवाको शुभारम्भ गरेका थिए ।
अस्पतालका अनुसार प्याथोलोजी सेवा अन्तर्गत परिधीय रक्त स्मियर – रक्त अल्पताको कारण पत्ता लाग्ने तथा रगतका विभिन्न क्यान्सरहरुको पहिचान गर्न सकिने छ । त्यस्तै, रेटिक्युलोसाइट गणना – शरिरको रगत उत्पादन क्षमता कति छ भनि पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।
यस्ता छन् प्याथोलोजी अन्तर्गतका सेवाहरु :
परिधीय रक्त स्मियर : रक्त अल्पताको कारण पत्ता लाग्ने ररगतका विभिन्न क्यान्सरहरुको पहिचान गर्न सकिने ।
रेटिक्युलोसाइट गणना : शरिरको रगत उत्पादन क्षमता कति छ भनि पत्ता लगाउने ।
साइटोपैथोलोजी :
– एफएलएसी : शरिरमा पलाएका मासु तथा गाँठा गुठीहरुको कारण पत्ता लाग्ने ।
– प्याप स्मियर : महिलाहरुको पाठेघरको मुखको पानीको जाँच गरि पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने ।
– तरल साइटोलोजी : फोक्सो तथा पेटमा जम्मा भएको पानीमा क्यान्सर रोग भए नभएको पत्ता लगाउने ।
स्पुटम साइटोलोजी खकार जाँच गरि श्वास प्रश्वास प्रणालीमा क्यान्सर भए नभएको पत्ता लगाउने ।