logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बर्दीमै तास खेलेका १४ प्रहरीमाथि कारवाही

    बर्दीमै तास खेलेका १४ प्रहरीमाथि कारवाही

    3K
    Shares

    सर्लाही । इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

    प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    भिडियो खिच्ने र मिडियासम्म पुर्याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको शुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए । 

    तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै  झिकाएर कारवाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 

    प्रहरीले बर्दी लगाएर तास खेलेकोे भिडियो आफूलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गरेका थिए । उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो एक वर्ष पहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताए । 

    कारवाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको शुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend