काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीले आज (शुक्रबार) साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको हो।
१२ लाख ५१ हजार १० जनाले आवेदन दिएकोमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। २ जना लगानीकर्ताले भने ११ /११ कित्ता सेयर प्राप्त गरेका छन्।
कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।