काठमाडौं। प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफ्नो नामजस्तै संविधान र लोकतन्त्रमाथि खड्ग प्रहार गरेको बताएका छ्न।
प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विशाल विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘केपी ओलीले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन्।’ नेपालले भने।
अध्यक्ष नेपालले ओलीको कमद गैरसंवैधानिक मात्र नभई ओलीले संवैधानिक कू गरेको बताए । ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन । त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो ।’ उनको भनाइ थियो।
उनले ओली सुध्रिने खालको मान्छे नभएकोले उनीसंग फेरी सहकार्य गर्न नसकिने बताए।