logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत

    देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत

    147
    Shares
    देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको बताए ।

    उनले मधेसवादी दलहरु अब एकत्रित हुने ठूलो सम्भावना रहेको पनि बताए । उनले दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए ।

    उनले भने, ‘मधेसवादी दलहरु एकत्रित हुने ठूलो सम्भवाना छ । किनभने दुई वटा ठूला दलहरु आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरित धारका दलहरु मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन ।

    जुन किसिको ऐनहरु अहिले संशोधन गर्न लागेका छन्, यसले के स्पष्ट हुन्छ भने यहाँ दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र हुँदैछ । मधेस केन्द्रित दलहरु मात्रै होइन, ति दुई दलहरु बाहेक अरु सबै दलहरु मिलेर सडकमा आउने सम्भावना प्रवल देखेको छु ।’

    अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend