logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गरेन : मुख्य न्यायाधिवक्ता महतो

    संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गरेन : मुख्य न्यायाधिवक्ता महतो

    133
    Shares
    संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गरेन : मुख्य न्यायाधिवक्ता महतो

    मधेस प्रदेश । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताएका छन् । महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको बताएका हुन् ।

    उनले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको बताए । उनले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताए । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताए ।

    उनले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुले वाध्यतावस संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चालाइरहेको जिकिर गरे । उनले मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी समेत गरे । उनले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए ।

    संघीय निजामति ऐनले प्रदेशको निजामती ऐनलाई छुन नसक्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend