logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पोखरामा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

    पोखरामा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

    4.3K
    Shares

    कास्की माघ ९ । विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण शुरु गरेको छ । 

     राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि दुई घण्टा अभ्यास गरेका हुन् । टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराएका थिए ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने जानकारी दिए ।  टोलीलाई नयाँ वातावरणमा  ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

    ‘काठमाडौैँमा डेढ महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई स्वच्छ वातावरणमा रिफ्रेसमेन्टसहितको ट्रेनिङका लागि पोखरा आएका छौँ । यहाँको प्रशिक्षणले खेलाडीहरुमा हौसला मिल्ने विश्वास छ’, उनले भने । 
     

    बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र नौ जना अफिसियल छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका अब तीन खेल खेल्न बाँकी छ ।  नेपालले चाइनिज ताइपेईसँग अगामी चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ । 

     तीन  ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्नेछ । नेपालले कुवेतसँगको  ‘होम म्याच’ भुटानमा खेलेको थियो ।

    छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपाल छनोट चरणमा तीन अङ्कसहित समूहको चौथो स्थानमा रहेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend