logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

    नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

    84
    Shares
    नेशनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

    काठमाडौं । नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेशनल प्याथ ल्यावले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ ।

    शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेशलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो ।

    शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले गरे । उनले नेशलन ल्याबको माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए । उनले तन्तु प्रत्योपरणको लागि कानूनले नदिने समेत बताए । कुनैपनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भएपनि पठाइराखिएको बताए ।

    उनले भने, ‘ल्याबहरुबाट नागरिक तहमा राजगारी उत्पादन समेत भएको छ । सरकारले पनि हेर्नुपर्ने हुन्छ । स्वास्थ्यमन्त्रीज्यु अहिले हुनुहुन्छ । उहाँ त आफैँले केही गर्ने हुटहुटी छ भन्नुहुन्छ । तपाइहरुले उहाँसँग हातेमालो गरिसकेपछाडि नेपाल सरकारले यस्ता किसिमका संस्थाहरुलाई के सहयोग गर्नसक्छ । त्यो सहयोग यहाँहरुले पाउनुहुनेछ ।

    मुख्य कुरा के हो भने तन्तु प्रत्यारोपण गर्न हामीलाई कानूनले दिँदैन । हामीले नेपालको सिमाबाहिर यसरि तन्तु पठाउन पनि पाइँदैन । तर पठाइराखिएको छ । आवश्यकता पनि हो । तन्तु प्रत्यारोपणको लागि सरकारको स्वीकृति नलिइकन बोर्डरभन्दा बाहिर कुनैपनि टिस्यु पठाउन पाउनुहुन्न ।’

    स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend