logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    वार्ताबाट समस्याको समाधान खोज्न आग्रह

    वार्ताबाट समस्याको समाधान खोज्न आग्रह

    3K
    Shares

     काठमाडौँं माघ ११ । राष्ट्रिय मानव अधिकार आयोगल जनसरोकारसँग सम्बन्धित उचित माग राखेर अनशनरत व्यक्तिको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशरनरत व्यक्तिको आवश्यक छलफल र सम्वाद गरी निजहरूको जीवन रक्षा गर्न आग्रह गरिएको छ । आयोगले आफ्ना माग पूरा गराउन आमरण अनशन जस्तो अप्रिय कदम नचाल्नसमेत अनशनरत पक्षलाई आग्रह गरेको छ । 
          
    स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्नेलगायत ५२ बुँदे माग राखी गत पुस ३ गतेदेखि काठमाडौँमा धर्नामा रहेका नेपाल कम्युनिष्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहलगायत व्यक्तिलाई प्रहरीले पटकपटक पक्राउ गरेको तथा निजहरू आमरण अनशनमा रही स्वास्थ्य अवस्था गम्भीर रहेको सम्बन्धमा आयोगको वाग्मती प्रदेश कार्यालयले अनुगमन गरेको छ । 
     
    अनुगमनको क्रममा निजलाई धर्ना तथा अनशनमा रहेको बखत पटकपटक पक्राउ गरी छोड्ने गरिएको तथा निजहरूको स्वास्थ्यमा समस्या देखिएपश्चात् चावहिलस्थित एक अस्पतालमा भर्ना गरिएको पाइएको छ । भरत धनाडी र ललन सिंह अस्पतालमा अझै अनशनमा नै रहेको तथा निजहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको आयोगले जनाएको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend