logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • क्रिकेटर अनिल साह अप्टिमस ग्लोवलको ब्राण्ड एम्बासडरमा नियुक्त

    क्रिकेटर अनिल साह अप्टिमस ग्लोवलको ब्राण्ड एम्बासडरमा नियुक्त

    511
    Shares
    क्रिकेटर अनिल साह अप्टिमस ग्लोवलको ब्राण्ड एम्बासडरमा नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्तमा भएका छन् ।

    नक्सालमा मंगलवार पत्रकार सम्मेलनमार्फत अप्टिमस ग्लोबललाई नेपाली क्रिकेट टोलीका ब्याटर अनिललाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोवलले राष्ट्रि«य क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।

    अप्टिमस ग्लोबलका अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच सम्झौतापत्रमार हस्ताक्षर भएको थियो ।

    सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव राजीव गुरुङले पछिल्ला समय खेलाडीलाई शैक्षिक परामर्सदाताले खेलाडीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै आएको उल्लेख गरे । उनले खेलाडीको अवस्था बुझेर नै यस क्षेत्रले खेलाडीहरूसँग सहकार्य गर्दै आएको धारणा राखे ।

    शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रसंशा गरे ।

    अनिलको कप्तानीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको थियो । उनी सन् २०१८ देखि राष्ट्रि«य क्रिकेट टिममा रही अन्तर्राष्ट्रि«य प्रतियोगिता खेलिरहेका छन् । क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।

    यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ । उनले खेलकुद र शिक्षा एकआपसमा राम्रोसँग जोडिँदा आएको र खेलकुदलाई माया गर्ने अधिकांश विद्यार्थीहरू रहेको बताए ।

    शैक्षिक परामर्शदाता अप्टिमस ग्लोवलले अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend