logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका अध्यक्षसहित २६ जना पक्राउ

    बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका अध्यक्षसहित २६ जना पक्राउ

    2.1K
    Shares

    काठमाडाैं । संसद विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend