logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्ड–माधव समूहले भन्यो, ‘बालुवाटारकाे बल प्रयोगले सरकारकाे निरंकुश चरित्र उदांगो भयो’

    प्रचण्ड–माधव समूहले भन्यो, ‘बालुवाटारकाे बल प्रयोगले सरकारकाे निरंकुश चरित्र उदांगो भयो’

    2.7K
    Shares

    काठमाडाैं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।

    नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरंकुश चरित्र उदांगो भएको उल्लेख गरिएको छ ।

    बालुवाटार मार्च गर्ने नागरिक अगुवा र अधिकारकर्मीमाथि प्रहरीले लाठी र पानीको पोहोरा हानेको थियो । त्यसबाट सरकारकाे निरंकुश चरित्र उदांगो भएको प्रचण्ड-नेपाल समूहले जनाएको छ । 

    प्रतिनिधि सभा विघटनकाे विरोधमा नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा कमलपोखरी बचाउ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भएर कमलपाेखरीकाे माटाे निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्चपास गरेका थिए । यही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयाेग गर्नुका साथै पानीकाे फोहाेरा हानेकाे थियाे ।

    nekapa bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend