logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रम बारे छलफल हुने

    कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रम बारे छलफल हुने

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुनेछ ।

    कांग्रेसले फागुनमा महाधिवेशन तोके पनि त्यसअनुसार तयारी गरेको छैन। क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम अर्घाखाँची जिल्लाले मात्रै सकेको छ भने अरू जिल्लामा जारी छ।

    मंगलबार केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरू र देउवा इतर समूहका नेताहरुको बेग्ला बेग्लै बैठक बसेको थियो । 

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । यद्यपी अधिवेशनको तयारी र सरकारको विरोधमा गर्ने आन्दोलनबारे पार्टी एकमतका साथ अगाडि बढ्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend