अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वी च्याट, वायडु लगायतका एप अब सधैको लागि बन्द हुने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार ई कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले एप सधैँका लागि बन्द गर्ने निर्णय भएको हो ।
लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको हो ।गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
भारत र चीनबीच सीमामा अझै पनि तनाव जारी छ। एजेन्सी