logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय नेकपा एसको निर्णय

    सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय नेकपा एसको निर्णय

    189
    Shares
    सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका हुन् । उनले सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरुको लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरु गर्ने तयारी गरेको बताए ।

    उनले सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको बताए । उनले सरकारकै कारण बजारमा सिमेन्ट लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको उल्लेख गरे ।

    उनले भने, ‘सरकारले ल्याएको अध्यादेश जस्तो देखिन्छ । तर कालोबजार ऐनलाई तोडमोडल गर्यो । २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रुपमा बढेको छ ।

    मुठिभर व्यक्ति र व्यवसायीहरुको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ । भुमिहिन किसानलाई घरवासको व्यवस्था गर्नुपर्छ भनेर संविधानले व्यवस्था गरेको छ ।

    संरक्षित क्षेत्रका जमिनहरु समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति , समूह र उद्योगलाई दिने खेल भएको छ । गिरीबन्धु जस्ता जग्गालाई वैद्य बनाउने कामको विरोध गर्नेछौं ।’

    उनले नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारले ल्याएको अध्यादेशको सदन र सडक दुवैबाट विरोध जनाउने निर्णय भएको पनि बताए । उनले सरकारले संरक्षित क्षेत्रका जमिनहरु समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई दिने र गिरीबन्धु जस्ता जग्गालाई वैध बनाउने कामको विरोध गर्ने निर्णय भएको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend