जनकपुरधाम । ललाइ फकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।
सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइ फकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई दलाललाई पनि पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।