logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ट्रान्सजेन्डरमाथि लगाएको सैन्य प्रतिबन्ध हटाउदै अमेरिकी राष्ट्रपति जो बाइडेन

    ट्रान्सजेन्डरमाथि लगाएको सैन्य प्रतिबन्ध हटाउदै अमेरिकी राष्ट्रपति जो बाइडेन

    2.1K
    Shares

    वाशिंटन । ट्रम्पले अमेरिकी सेनामा काम गर्न ट्रान्सजेन्डरमाथि लगाएको विवादित प्रतिबन्ध सोमबारबाट जो बाइडेनले हटाएका छन् । बाइडेनको यस कदमलाई एलजिबिटिक्युका वकिल तथा कार्यकर्ताहरुले स्वातगत गरेका छन् । यस संगै एकपटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय बाइडेनले उल्टाएका छन् । 

    सेनामा सन् २०१९ सम्ममा आठ हजार नौ सय ८० जना सैनिक कार्यरत रहेको रक्षा मन्त्रालयलेमा उल्लेख छ । 

    ट्रम्पले आफ्नो कार्यकालको पहिलो वर्ष नै ट्रान्सजेन्डर समुदायलाई सेनामा सेवा गर्न रोक लगाएका थिए । बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दा नयाँ रक्षामन्त्री लोयड अस्टिनको पनि उपस्थिति थियो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति जो बाइडेन लैंगिक पहिचान सेनामा काम गर्ने मापदण्ड हुनु हुँदैन भन्ने कुरामा विश्वास गर्छन् । 

    लैंगिक पहिचानका आधारमा सैन्य सेवामा प्रतिबन्ध गर्न नहुने बाइडेनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्सजेन्डर भनेर चिनाउन चाहने व्यक्तिहरु सेवा दिन योग्य छन् भन्ने सुनिश्चित गर्न विभागले तुरुन्तै उचित नीति लिनेछ ।’

    jojo.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend