काठमाडौं । नेपाली कांग्रेसको सय दिने विशेष अभियान सकिएको छ । माघ १६ गते बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं ७ मा रहेको केन्द्रमा शहिद दिवस मनाउँदै भव्य कार्यक्रमकाबीच अभियानको समापन गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आङ गेलु शेर्पाले सय दिने विशेष अभियानले कांग्रेसलाई नँया उर्जा दिएको बताए । सय दिने राष्ट्रिय अभियानका क्रममा द्रोस्रो पटक वैतडी पुगेका शेर्पाले देशमा कांग्रेसको बिकलप नभएको समेत दाबि गरे ।
नेता शेर्पाले कांग्रेसकै नेतृत्वमा देशमा सुसाशन र सम्बृद्धी आउने भन्दै कांग्रेसले नितिगत सुधारका लागि काम गरिरहेको बताए ।
उनले पार्टिको संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाइ आग्रह गर्दै कांग्रेस बलियो बनाउन जिल्ला जिललाका नेता कार्यकर्ताहरुको महत्वपुर्ण भुमिका हुने उल्लेख गरे ।
नेपाली कांग्रेस सुदूररपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवश्थी लगायत जिल्लाका नेताहरु, पालिका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, निर्वाचित पालिका अध्यक्ष वडाध्यक्ष, सदस्यहरु पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
यसअघि नेपाली काङ्ग्रेस पर्यटन विभाग प्रमुख समेत रहेका शेर्पाले बैतडीको दोगडा केदार गाउँपालिकामा सडक निर्माणको शिलान्यास गरेका थिए।