शुक्रबार, फाल्गुन १६ २०८१

शुक्रबार, फाल्गुन १६ २०८१

संसद बैठकमा रास्वपाको अवरोध

संसद बैठकमा रास्वपाको अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । रास्वपा सांसदहरुले उभिएर संसदमा बिरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गरे । अहिले पनि रास्वपा सांसदहरुले उभिएर बिरोध जनाइरहेका छन् । संसद बैठक अघि बढ्न सकेको छैन ।

करिब चार महिनापछि प्रतिनिधि सभा बैठक बसेको हो ।

संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै, सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend