logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • कोरोनाविरुद्धको खोप अभियान आजदेखि, मृत्यु भएमा क्षतिपूर्ति नदिने र कम्पनीविरुद्ध मुद्दा हाल्न नपाइने

    कोरोनाविरुद्धको खोप अभियान आजदेखि, मृत्यु भएमा क्षतिपूर्ति नदिने र कम्पनीविरुद्ध मुद्दा हाल्न नपाइने

    2.1K
    Shares

    काठमाडौं । आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाए अनुसार काठमाडौं उपत्यकाका १७ वटासहित देशभरका ९५ वटा खोप केन्द्रबाट खोप दिइनेछ । प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे भर्चुअल शुभारम्भ गर्नेछन् । 

    पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउने छन् । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ । 

    खोप लगाउँदा कुनै पनि नागरिकको मृत्यु भएमा उत्पादन गर्ने कम्पनीले क्षतिपूर्ति तिर्नुनपर्ने व्यवस्था गरिएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न आपत्कालीन प्रयोग गरिएको खोप भएकाले सरकारले उत्पादक कम्पनीलाई क्षतिपूर्ति नतिराउने भएको हो ।

    एक अधिकारीले भने, ‘कोभिड खोपबाट मृत्यु भएमा न उत्पादक कम्पनीलाई मुद्दा लगाइनेछ, न त पीडित परिवारलाई क्षतिपूर्ति नै दिइनेछ । यो स्वेच्छाले लगाउने खोप हो ।’

    स्वास्थ्यसचिव लक्ष्मण अर्यालले प्रदेश र संघका स्वास्थ्य अधिकारीहरूसँग छलफल गर्दै खोप प्रयोग गर्दा अवाञ्छित असर र प्रभाव परेको अवस्थामा त्यसको उपचार सरकारले गर्ने बताए । ‘खोप लगाउँदा कुनै नागरिकको मृत्यु भएमा त्यसको क्षतिपूर्ति दिने विषयमा भने सरकारबाट कुनै पनि निर्णय भएको छैन ।’ 

    गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप आज देखि लगाइने भएको हो । भारत सरकारले अनुदान स्वरुप नेपाललाई दश लाख डोज खोप उपलब्ध गराएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend