logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • ‘तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क खोप उपलब्ध हुन्छ’

    ‘तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क खोप उपलब्ध हुन्छ’

    1.4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई निशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन् । 

    कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको बताए । उनले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’

    त्यस्तै उनले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा समेत गरे । 

    नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । आजदेखि देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend