काठमाडौँ। प्रदेश १ का १९ वटा खोप केन्द्रबाट कोरोनाविरूद्धको खोप लगाउन सुरु गरिएको छ। प्रदेशका ८ वटा जिल्लामा बुधबार एकै पटक खोप सुरु भएको हो।
कोशी अस्पताल बिराटनगरका प्रमुख चुमनलाल दासलाई कोभिशिल्ड खोप लगाएर प्रदेशमा खोप अभियान सुरु गरिएको हो। यो खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइनेछ।
आज पहिलो चरणमा ५८२ जना डाक्टरलाई खोप लगाउने तयारी गरिएको छ। मोरङ र सुनसरीमा ४/४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप केन्द्र तय गरिएको छ।