logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • कोरोना भाइरसविरुद्धको खोप ढुक्क भएर लगाउन चिकित्सकहरुकाे आग्रह 

    कोरोना भाइरसविरुद्धको खोप ढुक्क भएर लगाउन चिकित्सकहरुकाे आग्रह 

    2K
    Shares

    काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका चिकित्सकहरूले ढुक्कले खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् । 

    वरिष्ठ मुटुराेग विशेषज्ञ डा. रामेश काेइरालाले पनि काेराेनाभाइरस विरूद्धकाे खाेप लगाएका छन् । खाेप लगाएकाे तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा राखेर उनले लेखेका छन् ‘कोभिडको ‘कोभिसिल्ड’ खोपको पहिलो डोज बिना कुनै शंका, बिना कुनै डर लगाइयो । खोप लगाऔँ ! सुरक्षित रहौँ !’

    खोप बुधबार बिहान टेकु अस्पतालबाट लगाउन सुरु गरिएकाे हाे । टेकु अस्पतालका विशेषज्ञ डाक्टर अनुप बाँस्तोला, सागरराज भण्डारीलगायतले पनि कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका छन् । खाेप लगाएपछि उनीहरूले बिना डर ढुक्क भएर खाेप लगाउन आग्रह पनि गरेका छन् । 

    अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भारतको सिरम इन्स्ष्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड खोप आपतकालीन प्रयोगस्वरुप लगाउन लागिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend