logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • गण्डकी खोप अभियानः मुख्यमन्त्रीबाट कोरोना खोप शुभारम्भ

    गण्डकी खोप अभियानः मुख्यमन्त्रीबाट कोरोना खोप शुभारम्भ

    2.7K
    Shares

    कास्की माघ १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरेका छन् । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गरेपछि गण्डकी प्रदेशमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

     बिहान १०ः३० बजे मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गरेपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान शुरुआत भएको घोषणा गरिएको थियो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि गण्डकी प्रदेशमा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका फिजिसियन प्रा डा बुद्धिबहादुर थापालाई लगाइएको छ । 

     खोप लिएपछि प्राध्यापक थापाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि गण्डकी प्रदेशभर सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताए । ‘भ्याक्सिन लगाएपछि केही अप्ठ्यारो अनुभव भएको छैन, कोभिड–१९ विरुद्धको अभियानमा सबैभन्दा अत्यावश्यक भ्याक्सिन पाएपछि हामी सबै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ । सम्पूर्ण जनतालाई प्रेरणा दिनका लागि म आफैंले खोप लगाउन शुरुआत गरेको छु, सबै जनतालाई खोप प्रयोग गरिदिन आग्रह गर्दछु ।’

     कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध शुरुआती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भएको जिकीर गरे । महामारी शुरु भएको एक वर्षभन्दा कम अवधिमा भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाको सृदृढीकरण, उपकरण व्यवस्थापन तथा ६८ स्थानमा प्रयोगशाला स्थापना भएर कोभिड–१९ विरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएर काम गर्नेहरुबाट ठूलो योगदान भएको उनले बताए ।  रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend