logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • छातीमा समस्या देखिएपछि भारतीय क्रिकेट टिमका पुर्व कप्तान सौरभ गांगुली अस्पताल भर्ना 

    छातीमा समस्या देखिएपछि भारतीय क्रिकेट टिमका पुर्व कप्तान सौरभ गांगुली अस्पताल भर्ना 

    3.5K
    Shares

    भारतीय क्रिकेट टिमका पुर्व कप्तान तथा कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली छातीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका छन् । 

    मंगलबार रातिदेखि उनको छाती दुख्ने समस्या हुन थालेपछि बुधबार बिहान महानगरको इस्टर्न बाइपासस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनको उपचारमा खटिएका चिकित्सकका अनुसार सौरभको अवस्था स्थिर छ ।

    केहि समय अघि पनि अचानक बेहोस हुने, छातीमा गम्भीर दुखाई हुने जस्ता समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनका तीन धमनीमा अवरोध रहेको पत्ता लागेको थियो । धमनीको अवरोध हटाउन स्टन्ट राखिएको  उनलाई हल्का हृदयघात भएको चिकित्सकले बताएका थिए । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend