logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चौँरी र भेडा प्रवर्द्धन गर्दै सिदिङ्वा गाउँपालिका

    चौँरी र भेडा प्रवर्द्धन गर्दै सिदिङ्वा गाउँपालिका

    3.9K
    Shares

    फुङ्लिङ । सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा  प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदान सहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी  दिए  ।

    उनका अनुसार सङ्घीय सरकाले भेडीगोठ प्रवर्द्धन कार्यक्रम अन्तर्गत रु ८० लाख विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्ययोजना बनाएको छ । यसका लागि ४० माउभेडा अनिवार्य हुनुपर्ने प्रावधान बनाइएको छ । भेडाको ऊनबाट तयार भएको राडीपाखी, कोट तथा विभिन्न सजावटका सामग्री तयारी गरी प्रवद्र्धन योजना गाउँपालिकाले बनाएको छ ।

    गत वर्ष रु २० लाखको पशु बीमा कार्यक्रम सञ्चलान गरिएको गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले  बताए । बीमा शुल्क रु एक हजार १०० को प्रति पशु बीमा शुल्क गाउँपालिकाले तिरिदिएर पशुको बीमा गरेको छ । अहिलेसम्ममा सात बीमा भुक्तानी भइसकेको र केही प्रक्रियामा रहेको कृषि शाखाले जनाएको छ । गाउँपालिकामा छ भेडाफार्म र सात चौँरीफार्म दर्ता भएका छन् । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend