logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • माघ २८ को शक्ति प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-नेपाल समूहको दाबी

    माघ २८ को शक्ति प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-नेपाल समूहको दाबी

    2.9K
    Shares

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शन हालसम्मकै विशाल बनाउने बताएकाे छ । यसका लागि कार्ययोजना पनि तयार भएकाे केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । 

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको संघर्ष समितिको सचिवालय बैठकले ओलीले चाल्ने जुनसुकै कदमको पनि प्रतिवाद गर्ने निर्णय गरेकाे हाे । संघर्ष समितिको सचिवालय बैठकले हालसम्मका आन्दोलनका कार्यक्रमबारे समीक्षा गरी संसद विघटन गर्ने ओलीको कदमविरुद्ध देशब्यापी जागरण पैदा भएकाे निष्कर्ष निकालेको छ ।

    गत १२ गतेकाे स्थायी कमिटीकाे बैठकले तेस्रो चरणको संघर्षका कार्यक्रम घाेषणा गरेकाे थियाे । संघर्षकाे कार्यक्रम अन्तर्गत याे समूहले काठमाडौं लगायत बुटवल, विराटनगर र धनगढीमा पनि जनसभाको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्ड-नेपाल दुवै समूह एक अर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend