logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • तीन महिनामा  प्रचण्ड–माधव पक्ष नागरिक अगुवा भएर सडकमा पुग्छन् : प्रधानमन्त्री (भिडियोसहित)

    तीन महिनामा  प्रचण्ड–माधव पक्ष नागरिक अगुवा भएर सडकमा पुग्छन् : प्रधानमन्त्री (भिडियोसहित)

    2.5K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने बताएका छन् । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने उनले बताए । बिहीबार आफु निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    भेलामा प्रधानमन्त्री ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । बैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशिल भएर लाग्न निर्देशन दिएका हुन् । बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाई छ ।

    प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए ।

    प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गरे । पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए । पार्टी एक बिचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाई छ ।

    प्रधानमन्त्री ओेलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताए ।

    हेर्नुहाेस् भिडियो


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend