logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संयुक्त राष्ट्र संघका महासचिवले पनि लगाए कोभिडविरुद्धको खोप

    संयुक्त राष्ट्र संघका महासचिवले पनि लगाए कोभिडविरुद्धको खोप

    4K
    Shares

    काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले न्युयोर्कमा कोरोना भाइरसविरुद्धको पहिलो  खोप लगाएका छन् ।  खोप लगाइसकेपछि उनले भने, ‘म भाग्यमानी रहेछु, जसले मलाई खोप लगाए उनीहरुलाई धन्यवाद ।’ 

    ‘हामी सबै सुरक्षित नभएसम्म कोही पनि यस महामारीमा सुरक्षित छैन । यदि हामीले खोपमा ध्यान दियौं र यसलाई गम्भीरताका साथ लियौं भने यो महामारी चाँडै रोक्न सकिन्छ’, उनले भने । 

    डिसेम्बरदेखि विश्वका धेरै देशहरुले खोप लगाउन सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्ममा कम्तिमा विश्वका ५० देशमा कोरोना भाइरसविरुद्धको खोप पुगिसकेको छ । तर खोप पुगेका देशमध्ये ७५ प्रतिशत देशहरु सम्पन्न देश छन् हालसम्म विश्वभरमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक वर्षभन्दा बढी भयो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend