काठमाडौं । अब विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी भएर मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्रालयले जनाएकाे हाे ।
नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको हाे । अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान छ ।